Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्व. नेम्वाङ्बारे सहकर्मी अग्नी खरेलको सम्झना — “उहाँ अरु पार्टीले पनि पत्याउने नेता हुनुहुन्थ्यो”

स्व. नेम्वाङ्बारे सहकर्मी अग्नी खरेलको सम्झना — “उहाँ अरु पार्टीले पनि पत्याउने नेता हुनुहुन्थ्यो”

  • मंगलवार, भाद्र २६ २०८०

  • 554
    SHARES

  • स्व. नेम्वाङ्बारे सहकर्मी अग्नी खरेलको सम्झना — “उहाँ अरु पार्टीले पनि पत्याउने नेता हुनुहुन्थ्यो”

    काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पुर्व मन्त्री तथा एमाले नेता अग्नि खरेलले सबै दलहरुले विश्वास गर्ने नेताको रुपमा स्मरण गर्नु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहाँले एमाले बाहेकका पार्टीले पनि पत्याउने र विश्वास गर्ने नेताका रुपमा नेम्वाङ रहनु भएको चर्चा गर्नुभयो ।

    उहाँको निधनले नेपाली राजनीतिमा सन्तुलनकारी र समन्वयकारी नेताको अभाव खड्किने नेता खरेलको भनाई छ । उत्तेजनामा कहिल्यै नआउने, आफुलाई केन्द्र भागमा कहिल्यै नराख्ने, राष्ट्रिय हितको विषयमा स्पष्ट र अडिग नेताको रुपमा मैले उहाँलाई स्मरण गर्छु, खरेलले भन्नुभयो ।

    आफ्नो गुरुदेखि सहकर्मीसम्मको संगतको स्मरण गर्दै खरेलले थप्नुभयो, “उहाँ जे गर्नुभयो, सधै अब्बल र इमान्दार भएर गर्नुभयो, विद्यार्थी हुँदा अब्बल विद्यार्थी, ल क्याम्पसमा असल प्राध्यापक, अब्बल वकिल, असल सांसद, सफल संविधान सभा अध्यक्ष, निष्ठावान नेता हुनुहुन्थ्यो ।”

    अब्बल वकिल र अब्बल प्राध्यापक भइरहेका बेला उहाँलाई सांसद र मन्त्री बनाउन तत्कालिन एमाले नेताहरुले धेरै आग्रह गरेपछि मात्रै स्विकार गरेको पनि उहाँले स्मरण गर्नुभयो । उहाँका धेरै निर्णयहरुमा आफू साछी र सहयोगी रहेको बताउनुभयो ।

    आफूहरुको अति घनिष्टतालाई देखेर दुई परिवारका सन्तान भएपनि एउटै आमाका सन्तान जस्तो भनेर धेरैले टिप्पणी गर्ने गरेको पनि उहाँले उल्लेख गर्नुभयो । त्यस्तो व्यक्तिको निधनबाट आफू कति मर्माहित छु भन्ने कुरा प्रकट गर्न नसक्ने उहाँको भनाई थियो ।


    मंगलवार, भाद्र २६ २०८००९:१४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij