Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको सन्देश सभा मंगलबार धनगढीमा हुने

समाजवादी मोर्चाको सन्देश सभा मंगलबार धनगढीमा हुने

  • सोमवार, भाद्र २५ २०८०

  • 415
    SHARES

  • समाजवादी मोर्चाको सन्देश सभा मंगलबार धनगढीमा हुने

    काठमाडौं । समाजवादी मोर्चाको प्रदेश अन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित भएको सन्देश सभा मंगलबार (भदौ २६ गते) हुने भएको छ ।

    भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

    जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको हो ।

    ‘राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा गर्दै राष्ट्रिय एजेण्डामा साझा मुद्दा बनाएर मोर्चाले कार्यक्रम गर्दै आएको छ ।


    सोमवार, भाद्र २५ २०८००२:०४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij