Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालमा डेंगु संक्रमणदर बढ्दो, पछिल्लो पाँच दिनमा दुई हजारभन्दा बढी संक्रमित

नेपालमा डेंगु संक्रमणदर बढ्दो, पछिल्लो पाँच दिनमा दुई हजारभन्दा बढी संक्रमित

  • शनिवार, भाद्र २३ २०८०

  • 612
    SHARES

  • नेपालमा डेंगु संक्रमणदर बढ्दो, पछिल्लो पाँच दिनमा दुई हजारभन्दा बढी संक्रमित

    काठमाडौं । पछिल्लो पाँच दिनमा नेपालमा करिब दुई हजारभन्दा बढीमा डेंगु संक्रमण भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरण अनुसार ३ सेप्टेम्बरयता संक्रमितको संख्या २२ हजार ६२७ बाट बढेर २४ हजार ८४२ जना पुगेको थियो।

    यसअघि अगस्ट ३० सम्म संक्रमितको संख्या २१ हजार २०६ रहेको थियो। यसरी हेर्दा पछिल्ला दिनमा डेंगु संक्रमितको संख्या बढेको इडिसिडीको तथ्याङकले देखाएको छ।

    इडिसिडीको विवरणअनुसार डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १४ जना पुगेको छ। इडिसिडीको विवरणअनुसार पछिल्लो समय डेंगु संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।

    विवरणअनुसार कोशी र बागमती प्रदेशमा संक्रमण तिब्र बढेको देखिएको छ। कोशी प्रदेशमा हालसम्म १९ हजार ५३ जना र बागमती प्रदेशमा ३ हजार ३३४ जना संक्रमित रहेका छन्।

    यस्तै जिल्ला तहबाट संक्रमणको विवरण हेर्दा हालसम्म झापा, सुनसरी, मोरङ र धादिङमा हालसम्म संक्रमितको संख्या धेरै रहेको छ। यी चार जिल्लामा एक हजारभन्दा बढी संक्रमित रहेका छन्।

     


    शनिवार, भाद्र २३ २०८००३:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij