Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘१५ औं महाधिवेशनबाट दाईहरुले भाउजूलाई टिकट दिन पाउँदैनन्’ : गगन थापा

‘१५ औं महाधिवेशनबाट दाईहरुले भाउजूलाई टिकट दिन पाउँदैनन्’ : गगन थापा

  • शुक्रवार, भाद्र २२ २०८०

  • 829
    SHARES

  • ‘१५ औं महाधिवेशनबाट दाईहरुले भाउजूलाई टिकट दिन पाउँदैनन्’ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउने घोषणा गर्नुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले दाईले भाउजुलाई टिकट दिने प्रवृतिले सिंगो पार्टीपंति नै बदनाम भएको भन्दै आगामी महाधिवेशनबाट यो प्रवृति हटाउने उद्घोष गर्नु भएको हो ।

    महामन्त्री थापाले ८ लाख सदस्य भएको कांग्रेस अहिले शिथिल बनेको बताउनु भयो। उहाँले भन्नुभयो,‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ। म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ। तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने ? भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी नै बदल्नुपर्छ ।’

    यस्तै उहाँले अहिले कांग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गर्नु भयो। उहाँले अब उम्मेदवार छान्दा स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्नेमा जोड समेत दिनुभयो ।


    शुक्रवार, भाद्र २२ २०८००४:४८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij