Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रदेश ५ राजधानी विवाद: काँग्रेस र जसपाले पेस गरे संशोधन प्रस्ताव

प्रदेश ५ राजधानी विवाद: काँग्रेस र जसपाले पेस गरे संशोधन प्रस्ताव

  • मंगलवार, आश्विन २० २०७७

  • 780
    SHARES

  • प्रदेश ५ राजधानी विवाद: काँग्रेस र जसपाले पेस गरे संशोधन प्रस्ताव

    प्रदेश ५ मा स्थायी राजधानीको विषयमा विवाद जारी रहेको छ । बुटवल कि दाङ भन्ने पेचिलो बहस जारी रहेकै बेला सरकारले दाङलाई राजधानी बनाउने प्रस्ताव पेस गरेपछि आज फेरि संशोधन प्रस्ताव परेको छ ।

    स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका ४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ । काँग्रेसका रमा अर्याल र पुष्पा थरुनी, जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिनुभयो । उहाँले ४ सांसदबाट ३ प्रस्ताव दर्ता भएको बताउनुभयो ।

    जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट र अगध मगरात राख्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गर्नुभएको छ । काँग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रताव दर्ता गराउनुभएको छ ।

    उहाँले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनुपर्ने संशोधन प्रस्तावमा उल्लेख गर्नुभयो ।

    यता, प्रदेशसभामा कानुनमन्त्री कुलबहादुर केसीले दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पेश गर्नुभएको छ । उक्त प्रस्तावमा नाम लुम्बिनी राख्ने उल्लेख छ । भर्खरै प्रदेशसभा बैठक सुरु भएको छ ।


    मंगलवार, आश्विन २० २०७७०२:२१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij