Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे देउवा

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे देउवा

  • बुधवार, भाद्र २० २०८०

  • 1.0K
    SHARES

  • सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे देउवा
    काठमाडौं । बुधबार(आज) खुकुरी प्रहारपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न पार्टी सभापति शेरबहादुर देउवा ट्रमा सेन्टर पुग्नुभएको छ ।
     
    यादवमाथि  काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए। दर्शक दीर्घाको पहिलो लहरमा बसेर भाषण सुनेका नुवाकोटका  ४७ वर्षीय श्याम सापकोटाले यादव भाषण गरेर बाहिर निस्कँदै गर्दा उनलाई पच्छ्याएर खुकुरी प्रहार गरेका थिए।
     
    प्रहरीले पक्राउ गर्दैगर्दा उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेका थिए  सापकोटाले एमसीसी खारेज गर भन्दै कराएको पनि सार्वजनिक भएको भिडिओमा सुनिन्छ। 
     
    खुकुरी प्रहारबाट सहमहामन्त्री महेन्द्र यादवको टाउकामा गहिरो चोट लागेको छ। खुकुरी प्रहारपछि उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका यादवको टाउकोमा दुई लेअरमा टाँका लगाउनुपर्ने अवस्था देखिएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बताउनुभयो ।
     


    बुधवार, भाद्र २० २०८००५:२२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij