Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

  • बुधवार, भाद्र २० २०८०

  • 891
    SHARES

  • नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

    काठमाडौं। नेपाली क्रिकेट टोली एसिया कप क्रिकेट प्रतियोगिता खेलेर स्वदेश फर्किएको छ । पाकिस्तान र श्रीलंकाको रंगशालामा विश्व क्रिकेटका महारथि देशहरू पाकिस्तान र भारतसँग क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएको हो।

    पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरुले खेल जित्न नसके पनि उत्कृष्ट प्रदर्शन गरेर स्वदेश फर्किएका खेलाडिहरुलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसहित क्रिकेट समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूलाई बाजागाजासहित दोसल्ला र माला लगाएर स्वागत गरिएको थियो। क्रिकेट समर्थकहरू आफ्ना प्रिय खेलाडीसँग तस्बिर खिचाउन तछाड मछाड गर्दै गरेको देखिएको थियो।

    प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो । दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिनपुगेको थियो । प्रतियोगितामा नेपाली खेलाडीको मनोबल र खेल कौशलको खुबै चर्चा भएको थियो ।

     


    बुधवार, भाद्र २० २०८००२:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij