Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अहिलेको सरकार कमजोर भए पनि तत्काल फेरिने सम्भावना छैन: लक्ष्मणलाल कर्ण

अहिलेको सरकार कमजोर भए पनि तत्काल फेरिने सम्भावना छैन: लक्ष्मणलाल कर्ण

  • बुधवार, भाद्र २० २०८०

  • 545
    SHARES

  • अहिलेको सरकार कमजोर भए पनि तत्काल फेरिने सम्भावना छैन: लक्ष्मणलाल कर्ण

    काठमाडौं । लोसपाका नेता लक्ष्मणलाल कर्णले अहिलेको सरकार कमजोर भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले गठबन्धनको सरकार भए पनि अर्काको दया र मायामा बनेको भएकाले अहिलेको सरकार कमजोर भएको बताउनुभएको हो ।

    आर्थिक लगायत अन्य अवस्थालाई हेर्दा देशको देशको अवस्था नै राम्रो नदेखिएको नेता कर्णले स्पष्ट पार्नुभयो । नेपाल र भारतबीचको सम्बन्ध धेरै पूरानो र अलौकिक भएको बताउँदै उहाँले भारतले नेपाललाई सधै मद्दत र सहयो गरेको तर्क गर्नुभयो ।

    यस्तै नेता कर्णले देशको लागि सबैभन्दा राम्रो अवस्था भनेकै संघीयता भएकाले संघीयताले देश बचाउन र विकाश गर्न सकिने दाबी गर्नुभयो ।

    अर्को प्रसंगमा नेता कर्णले आफूहरु पनि सरकारकै समर्थनमा रहेको र अहिले नै तत्काल सरकार फेरिने सम्भावना नरहेको बताउनुभयो ।


    बुधवार, भाद्र २० २०८००९:१२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij