Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

कोरोनाकालका बिमितहरुको रकम तत्काल उपलब्ध गराइयोस् : महेश बर्तौला

कोरोनाकालका बिमितहरुको रकम तत्काल उपलब्ध गराइयोस् : महेश बर्तौला

  • सोमवार, भाद्र १८ २०८०

  • 1.1K
    SHARES

  • कोरोनाकालका बिमितहरुको रकम तत्काल उपलब्ध गराइयोस् : महेश बर्तौला

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।

    सरकारले सो विमावापतको करिव ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गर्नुभएको हो। सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचेतक बर्तौलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोप समेत लगाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन । विगत ४ वर्षदेखि यो देशका एक लाख ५० हजार भन्दा बढि नागरिकहरुले कोरोनाको विमा गरे। त्यसबापतको ११ अर्व रकम आजसम्म प्राप्त गर्न सकेको छैन । सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निन्द्रामा प(यो । त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस् । तत्काल ती विमितहरुले पाउनुपर्ने रकम ती विमितहरुले प्राप्त गर्न सकून । अर्को सवाल, मकवानपुरको त्यो मानव निर्मित इन्द्रसरोवर ताल हो । त्यहाँ १०४ मेघावाट विजुली उत्पादन हुन्छ । त्यो ताल जहाँ ८५ लाख घनमिटर पानी आज त्यो पनि करिव ६२ लाख घनमिटर बाँकि छ । २३ लाख घनमिटर बराबरको पानी हिलो माटो, बेगरले भरिएको अवस्थामा छ । त्यसमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–तत्काल त्यो तालको सरसफाई र त्यसको संरक्षण गरियोस् ।’

    सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाई गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

     


    सोमवार, भाद्र १८ २०८००२:११:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij