Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बालेन हिटलरको नयाँ अवतार भएको महेश बस्नेतको आरोप

बालेन हिटलरको नयाँ अवतार भएको महेश बस्नेतको आरोप

  • सोमवार, भाद्र १८ २०८०

  • 593
    SHARES

  • बालेन हिटलरको नयाँ अवतार भएको महेश बस्नेतको आरोप

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हिटलरको नयाँ अवतार भएको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले बालेन विद्रोही जनमतका प्रतिनिधिका रुपमा सवा वर्षदेखि काठमाडौंमा शासन गरिरहेको बताउँदै बिदाको दिन सरकारी सवारी साधन सहमति नलिईकन चलाएकोमा ट्राफिकले रोक्दा सरकारलाई चोर र सिंहदरबार जलाइदिन्छु भनेर धम्की दिएको तर्क गर्नुभयो ।

    यस्तै नेता बस्नेतले द्वन्द्वकालमा प्रचण्ड र शाहीकालमा ज्ञानेन्द्रको जस्तो व्यवहार गरेको पनि आरोप लगाउनुभयो । बालेनको अराजकता र उत्तेजनालाई मलजल गर्नु नहुने पनि बस्नेतले टिप्पणी गर्दै बालेनले ध्वंसबाहेक केही नजानेको बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मित्रराष्ट्रको गोडामा तेल लिएर घस्ने र साम्राज्यवादी शक्तिसँग आत्मसमर्पण गरेर सत्तामा टिक्न खोजिरहेको आरोप पनि लगाउनुभयो ।


    सोमवार, भाद्र १८ २०८००८:५७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij