Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

एसिया कप क्रिकेट: दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै

एसिया कप क्रिकेट: दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै

  • सोमवार, भाद्र १८ २०८०

  • 674
    SHARES

  • एसिया कप क्रिकेट: दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै

    काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। 

    अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो। श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ​डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ।

    एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खेलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनायो। अब भारतले दोस्रो खेलमा नेपालसँग खेल्न लागेको हो।  उमेर समुहमा पटक पटक खेलिसके पनि सिनियर टोलीमा यी दुईबीच पहिलो खेल हुन लागेको हो।  अब समूह ए मा नेपाल र भारतबीचको खेलको विजेता अर्को चरणमा पुग्नेछ। 

    एसिया कप खेल्दै गरेका ६ टोलीमध्ये सबैभन्दा कमजोर टोली नेपालले भारतविरुद्ध अकल्पनीय नतिजा निकालेको खण्डमा त्यो नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक दिन हुनेछ।

     


    सोमवार, भाद्र १८ २०८००७:११:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij