Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देउवाले ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग अहिलेसम्म अलपत्र राखेर विधानको उल्लंघन गरे: गुरुराज घिमिरे

देउवाले ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग अहिलेसम्म अलपत्र राखेर विधानको उल्लंघन गरे: गुरुराज घिमिरे

  • आइतवार, भाद्र १७ २०८०

  • 359
    SHARES

  • देउवाले ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग अहिलेसम्म अलपत्र राखेर विधानको उल्लंघन गरे: गुरुराज घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग अहिलेसम्म अलपत्र राखेर विधानको उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले पार्टी विधानमा ६ महिनाभित्र गर्ने भनेर लेखिएको भए पनि काम भर्खरै सुरु गरेको बताउँदै यो विधानको सरासर उल्लंघन रहेको बताउनुभयो ।

    यस्तै उहाँले १६५ निर्वाचन क्षेत्रमै हुने सभा पार्टीकै समग्र हितमा रहेको दाबी गर्नुभएको छ । यहि भदौ २४ गतेदेखि हुने सभा पार्टीकै समग्र हितमा रहेकाले यसले पार्टी नेतृत्वलाई कमजोर पार्ने नभई सही बाटोमा हिँडाउन सक्ने नेता घिमिरेको विश्वास रहेको छ ।

    नेता घिमिरेले कांग्रेसभित्र एकपछि अर्को बेथिति र अव्यवस्था, विधिविहीनता, नीतिविहीनतामा सभापति देउवा नै जिम्मेवार हुने बताउनुभयो ।

    देउवाभन्दा अगाडि वा पछाडि जो नेता आए पनि व्यवस्थापनको जिम्मेवारी सभापतिकै हुने बताउँदै घिमिरेले नेतृत्वको प्रभावकारी भूमिकाले कार्यकर्तामा उत्साह पैदा हुने स्पष्ट पार्नुभयो ।


    आइतवार, भाद्र १७ २०८००८:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij