Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुशासन समितिमा रहेर सुशासन कायम गर्न तर्फ नै केन्द्रित रहेर काम गर्छु: रामहरि खतिवडा

सुशासन समितिमा रहेर सुशासन कायम गर्न तर्फ नै केन्द्रित रहेर काम गर्छु: रामहरि खतिवडा

  • शुक्रवार, भाद्र १५ २०८०

  • 623
    SHARES

  • सुशासन समितिमा रहेर सुशासन कायम गर्न तर्फ नै केन्द्रित रहेर काम गर्छु: रामहरि खतिवडा

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितीको नाम सुशासन जस्तै आफूले पनि काम कसरी सुशासन दिन सकिन्छ भन्नेतर्फ नै लागिपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाली काँग्रेसका सांसदसमेत रहनुभएका खतिवडाले नेपालमा धेरै परिवर्तन आए पनि जनताले अनुभुति गर्ने खालको सुशासन दिन नसकिरहेको बताउँदै अबको आफ्नो काम मुलुकलाई कसरी राम्रो दिशातर्फ लिन सकिन्छ, कसरी सुशासन कायम गर्न सकिन्छ र भएका विकृतीलाई हटाउन सकिन्छ भन्नेमै केन्द्रित रहेर काम गर्ने विश्वास दिलाउनुभयो ।

    ‘सानो संसद’ मानिएको उक्त समितीबाट संसद अवरोध भएको अवस्थामा पनि मूल विषयमा रहेर धेरै काम गर्न सक्ने नेता खतिवडाको भनाइ छ ।
    सबैसंग सहकार्य गरेर विवादको विषय नबनाएर राम्रो र प्रस्ट काम गरेर देखाउने दाबी गर्दै यो समितीमा कुनै पनि हुन नदिने बताउनुभयो ।

    उक्त समितीमा पार्टी, जाती, धर्म, लिङग, समूदाय कुनै पनि रुपमा नभई मात्रै मूलुकको विकाशको लागि उपस्थित हुने भएकाले मूख्य दायित्व अनुसार मुलुक बनाउनेतर्फ केन्द्रित भएर काम गर्ने र आफूहरुलाई दिइएको कार्यविधि अनुसारको जिम्मेवारी पूरा गर्ने नेता खतिवडाले बताउनुभयो ।

    यस्तै, अर्को फरक प्रसंगमा नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण पछि नेपालको नक्शा चीनले स्विकार गर्ने र जति पनि देखिएका समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।


    शुक्रवार, भाद्र १५ २०८००८:०९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij