Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भारत–चीन सीमा विवादः आगामी साता सातौं चरणको वार्ता हुँदै

भारत–चीन सीमा विवादः आगामी साता सातौं चरणको वार्ता हुँदै

  • सोमवार, आश्विन १९ २०७७

  • 676
    SHARES

  • भारत–चीन सीमा विवादः आगामी साता सातौं चरणको वार्ता हुँदै

    एजेन्सी । भारत–चीनबीच देखिएको सीमा विवादको विषयमा दुई मुलुकको बीचमा आगामी साता सैन्य कमाण्डरहरुको बीचमा सातौं चरणको वार्ता हुने भएको छ । भारतीय समाचार संस्था न्युज १८ ले उल्लेख गरेअनुसार आगामी साता हुने वार्ता अन्तिम चरणको वार्ता हुनेछ ।

    लद्दाखस्थित चिनियाँ सीमाको विषयमा देखिएको विवादपछि अहिले दुई मुलुकको बीचमा तनाव सृजना भएको छ । यसअघि पनि भारत र चिनियाँ सैन्य कमाण्डरबीच ६ चरणको वार्ता सकिइसकेको छ ।

    तर, उनीहरुको वार्तामा ठोस कुनै प्रगति भने भएको छैन । अहिलेसम्म दुवै पक्ष आफ्नो अडानमा अडिग छन् । त्यसैले आगामी साता हुने वार्ता पनि निष्कर्षमा पुग्ने सम्भावना भने निकै कम छ ।

    सीमा क्षेत्रमा तनाव देखिएसँगै दुवै मुलुकले सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सैनिकहरु खटाएका छन् । साथै दुवै मुलुकले एकअर्कालाई चेतावनी दिने क्रम पनि जारी छ ।


    सोमवार, आश्विन १९ २०७७०२:३५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij