Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावप्रति जसपाको असन्तुष्टि, काँग्रेसले वास्ता नगरेकाले एक्लै आन्दोलन गर्ने तयारी

प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावप्रति जसपाको असन्तुष्टि, काँग्रेसले वास्ता नगरेकाले एक्लै आन्दोलन गर्ने तयारी

  • सोमवार, आश्विन १९ २०७७

  • 912
    SHARES

  • प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावप्रति जसपाको असन्तुष्टि, काँग्रेसले वास्ता नगरेकाले एक्लै आन्दोलन गर्ने तयारी

    काठमाडौँ । प्रदेश पाँचमा राजधानी सार्ने विषयमा मात्र विवाद भइरहेका बेला जनता समाजवादी पार्टीले भने प्रदेशको प्रस्तावित नामप्रति पनि असहमती जनाएको छ ।

    प्रदेश सरकारले पाँच नं. प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव गरेकोमा पनि समाजवादी पार्टीको असहमती रहेको पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले बताउनुभयो ।

    लुम्बिनी आसपासकै स्थानीय बासिन्दा समेत रहनु भएका शुक्लाले लुम्बिनी अन्तर्राष्ट्रिय विषय भएपनि प्रदेशको नाम पहिचानका आधारमा राख्नु पर्ने तर्क गर्नुभयो ।

    उहाँले राजधानी बुटवलबाट भालुवाङ् सार्ने प्रस्ताव पनि अव्यवहारिक र अवैज्ञानिक भएको नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा दावी गर्नुभयो ।

    प्रदेशको नाम र राजधानीसम्वन्धी प्रदेश सरकारको प्रस्तावप्रति समाजवादी पार्टीको समेत असहमती रहेपनि काँग्रेसले संयुक्त रुपमा आन्दोलन गर्न आग्रह नगरेको बताउनुभयो ।

    काँग्रेसले सहकार्यका लागि प्रस्ताव नगरेकाले समाजवादी पार्टी एक्लै आन्दोलन गर्ने तयारीमा रहेको शुक्लाले जानकारी दिनुभयो ।

    पाँच बर्षका लागि मत पाएकाहरुले बर्षौ बर्षलाई प्रभावित पार्ने निर्णय एक्लौटी गर्न नपाउने उहाँको भनाई थियो । दिर्घकालिन महत्वको विषयमा सर्वदलिय, सर्वपक्षीय छलफल र सहमतीका आधारमा मात्रै निर्णय लिनु पर्नेमा नेता शुक्लाले जोड दिनुभयो ।

     


    सोमवार, आश्विन १९ २०७७०८:५१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij