Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

महिला टी–२० क्रिकेटमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै

महिला टी–२० क्रिकेटमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै

  • शुक्रवार, भाद्र ८ २०८०

  • 699
    SHARES

  • महिला टी–२० क्रिकेटमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै

    काठमाडौ । चार देश सम्मिलित टी–२० क्रिकेट सिरिजमा आज नेपालले आयोजक मलेसियासँग खेल्दैछ।  मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ। 

    नेपालले अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा हङकङको महिला टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।​

    त्यसैगरी मलेसियाले भने आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो। आज नेपालले मलेसियाको सामना गर्नु अघि आज नै अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुदै छ।

    कुवेतले दुवै खेलमा हार बेहोरेकोले फाइनलको दौडबाट बाहिर रहेको छ। 


    शुक्रवार, भाद्र ८ २०८००७:०७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij