Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत विवाद पुनः सर्वोच्चमा, भोलि सुनुवाइ

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत विवाद पुनः सर्वोच्चमा, भोलि सुनुवाइ

  • बुधवार, भाद्र ६ २०८०

  • 1.3K
    SHARES

  • कोशीका मुख्यमन्त्री थापाको विश्वासको मत विवाद पुनः सर्वोच्चमा, भोलि सुनुवाइ
    काठमाडौं  । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ । 
     
    नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिकमतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको छ ।
     
    उक्त विवादको सुनुवाइ भोलिका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
     
    रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख छ । 
     
    नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग रिट निवेदनमा माग गरिएको छ ।


    बुधवार, भाद्र ६ २०८००५:५५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij