Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

राजधानी विवाद: मुख्यमन्त्री पोखरेलको गाडी तोडफोड, ६ जना पक्राउ

राजधानी विवाद: मुख्यमन्त्री पोखरेलको गाडी तोडफोड, ६ जना पक्राउ

  • आइतवार, आश्विन १८ २०७७

  • 1.3K
    SHARES

  • राजधानी विवाद:  मुख्यमन्त्री पोखरेलको गाडी तोडफोड, ६ जना पक्राउ

    काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा जादै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले दुई वटा गाडी माथि ढुंगा प्रहार गरेका हुन् ।

    ढुंगा प्रहारपछि पहिल्यैदेखि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।

    भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द आह्वान गरेकाले कडा सुरक्षाबीच मुख्यमन्त्री भैरहवाबाट बुटवल आउँदै थिए ।


    आइतवार, आश्विन १८ २०७७०८:०५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij