Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल

भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल

  • आइतवार, भाद्र ३ २०८०

  • 549
    SHARES

  • भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत महसुल

    काठमाडौं । भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको हो ।

    भारतको यस्तो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो हुनेछ । भारतले हरेक वर्ष मुख्य चाडपर्व नजिकिँदै गएपछि प्याजको निर्यातमा अवरोध गर्दै आएको छ ।

    भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो ।

    केही दिनयता आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि यस्तो निर्णय भएको सरकारी अधिकारीहरुले बताएका छन् । नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।

     


    आइतवार, भाद्र ३ २०८००१:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij