Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सले दमाम–काठमाडौं रुटमा उडान थाल्ने, अग्रिम बुकिङ खुल्यो

नेपाल एयरलाइन्सले दमाम–काठमाडौं रुटमा उडान थाल्ने, अग्रिम बुकिङ खुल्यो

  • शनिवार, भाद्र २ २०८०

  • 775
    SHARES

  • नेपाल एयरलाइन्सले दमाम–काठमाडौं रुटमा उडान थाल्ने, अग्रिम बुकिङ खुल्यो

    काठमाडौं। नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान थाल्ने भएको छ। राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको हो।

    उक्त गन्तव्यका लागि कम्पनीले आजबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार दमाममा भदौ २० अर्थात ६ सेप्टेम्बरबाट नियमित उडान हुनेछ ।

    यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ। थप मागअनुसार गन्तव्य विस्तार गरिने पौडेलले जानकारी दिनुभयो । काठमाडौं–दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ।

    दमाम–काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ। साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो। यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने पौडेलले बताउनु भयो ।


    शनिवार, भाद्र २ २०८००४:५५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij