Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

डा. दिलजान मंसूरले गर्ने उपचार पद्धती मानव स्वास्थ्य हीत विपरित ठहर

डा. दिलजान मंसूरले गर्ने उपचार पद्धती मानव स्वास्थ्य हीत विपरित ठहर

  • शुक्रवार, भाद्र १ २०८०

  • 1.5K
    SHARES

  • डा. दिलजान मंसूरले गर्ने उपचार पद्धती मानव स्वास्थ्य हीत विपरित ठहर

    काठमाडौं । एकताका भीआइपी र सेलिब्रिटीहरुको गन्तव्य बनेको डा. दिलजान मंसूरको मैतिदेवीस्थित एफडीएच नामक क्लिनिकले गरेको उपचार पद्धति मेडिकल मापदण्डविपरीत ठहर भएको छ ।

    नेपाल मेडिकल काउन्सिलको बैठकले डा मन्सूरले चिकित्सक तथा डाइटिसियन भनेर गरेको उपचार गैरव्यवसायिक ठहर गरेको छ । काउन्सिलले स्थापित वैज्ञानिक मूल्य मान्यता विपरीत एकै प्रकारको काउन्सिलिङ गरेको, सबै प्रकृतिका रोगहरुको लागि एउटा खाना भोजना योजना दिएको तथा अन्य चिकित्सकले सिफारिस गरेका औषधिहरुबिना अध्ययन थपघट गरेको जनाएको छ ।

    मन्सूरमाथि मेडिकल काउन्सिलले जारी गरेको प्रिस्केप्सन गाइडलाइन पालना नगरेको तथा उनले गरेका उपचारहरु कुनै स्थापित वैज्ञानिक सिद्धान्त अनुरुप नरहेको ठहर गरिएको छ ।

    तौल घटाउने नाममा कार्बोहाइड्रेडयुक्त खानेकुरा खान नदिने र मासु तथा तरकारी मात्र खान उनले प्रेरित गरेका थिए । जसलाई किटो डाइट भनेर प्रचार भएको थियो ।

    काउन्सिलले दीर्घ रोगीहरुको नियमति औषधि रोकिनाले क्षति हुने सक्ने देखिएको भन्दै उनको उपचार विधिले बिरामीलाई अपूरणीय क्षति हुनसक्ने सम्भावना रहेको विज्ञहरुको रायका आधारमा अब उक्त कार्य नगर्न मन्सूरलाई अन्तिमपटक सचेत गराएको छ ।

    1.png

    2.png


    शुक्रवार, भाद्र १ २०८००४:२७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij