Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चिनियाँ सेनाको जम्बो टोली काठमाडौंमा,यस्तो छ भेट तालिका...

चिनियाँ सेनाको जम्बो टोली काठमाडौंमा,यस्तो छ भेट तालिका...

  • बुधवार, श्रावण ३१ २०८०

  • 783
    SHARES

  • चिनियाँ सेनाको जम्बो टोली काठमाडौंमा,यस्तो छ भेट तालिका...

    काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको जम्बो टोली काठमाडौं आएको छ। तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वमा आठजनाको टोली आज काठमाडौं आएको हो।

    काठमाडौं आइपुगेलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ।उनीहरुबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो।

    भेटका क्रममा द्विपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको छ।चिनियाँ सैनिक अधिकारीको टोलीको स्वगतको लागि नेपाली सेनाका उपरथी सागरबहादुर थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।

    चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइहरूका भ्रमण गर्नेछ ।

     


    बुधवार, श्रावण ३१ २०८००४:४२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij