Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नेकपाका सवै सांसदले राजधानी सार्ने पक्षमै मत हाल्ने दावी

नेकपाका सवै सांसदले राजधानी सार्ने पक्षमै मत हाल्ने दावी

  • आइतवार, आश्विन १८ २०७७

  • 772
    SHARES

  • नेकपाका सवै सांसदले राजधानी सार्ने पक्षमै मत हाल्ने दावी

    काठमाडौं । नेकपा प्रदेश ५ का प्रमुख सचेत भूमिश्वर ढकालले प्रदेश सभाका नेकपाका सवै सदस्यहरुले राजधानी सार्ने पक्षमै मतदान गर्ने दावी गर्नुभएको छ ।

    पार्टीको निर्णयका विरुद्धमा उत्रिने प्रबृत्ति नेकपा भित्र नभएकाले कुनै पनि प्रदेश सभा सदस्यहरु जान नसक्ने उहाँले तर्क गर्नुभयो ।
    नेपाली रेडियो नेटवर्क नेपाली बहसमा उहाँले भन्नुभयो, “राजधानी सार्ने प्रस्तावमा नेकपाका सवै प्रदेश सांसदहरुले मतदान गर्नेछन, त्यसमा सवै जना ढुक्क भए हुन्छ ।”

    राजधानी सार्ने बारेमा छलफलका क्रममा फरक मत देखिएपनि निर्णय गर्ने बेलामा भने सवै सांसदहरु एकै ठाउँमा उभिने उहाँको भनाई छ ।
    उहाँले सवैको सहमती जुटाउन आज प्रदेश सभाको सर्वदलिय बैठक बोलाइएको र सहमती नभएमा दुई तिहाइ मतका आधारमा पारित हुने बताउनुभयो ।

    “हेर्दै जानु एक दुई दिनमै प्रदेश सभाले राजधानी सार्ने निर्णय गर्नेछ, यसमा धेरै अन्यौलता हुदैन,” प्रमुख सचेतक ढकालले भन्नुभयो ।

     


    आइतवार, आश्विन १८ २०७७०८:१०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij