Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्युठानको गौमुखी गाँउपालिकाले कोदो खेती बढाउने, रक्सी बनाउने

प्युठानको गौमुखी गाँउपालिकाले कोदो खेती बढाउने, रक्सी बनाउने

  • मंगलवार, श्रावण ३० २०८०

  • 1.7K
    SHARES

  • प्युठानको गौमुखी गाँउपालिकाले कोदो खेती बढाउने, रक्सी बनाउने

    प्युठानको गौमुखी गाउँपालिकाले कोदो खोती प्रवद्र्धनमा जोड दिन लागेको छ । खेतीयोग्य जमिन बाँझो हुदै गएपछि कोदो खेती गर्नेलाई प्रोत्साहन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीको क्रममा उहाँले नयाँ आर्थिक बर्षमा कोदो खेतीलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरु राखिएको बताउनु भयो । गाउँमै उत्पादीत कोदोबाट रक्सी बनाएर त्यसलाई ब्राण्डीङ गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सकेसम्म रक्सी नखानु नै ठिक हो, तर खाने नै भए, आर्थिक र स्वास्थ्यका हिसावले वाहिरको खानुभन्दा गाउँकै खानु ठिक हुन्छ ।” उहाँले युवाहरुलाई गाउँमै आकर्षित गर्न स्वरोजगारमुलक र सिपमुलक कामका लागि चालु आर्थिक बर्षमा एक करोड रुपैया छुट्याइएको उल्लेख गर्नुभयो ।

    दोहोरिएर अध्यक्षमा निर्वाचित हुनुभएका गिरिले पालिकालाई खरको छानोमुक्त बनाउने उद्धेश्य पुरा हुनै लागेको बताउदै सडक र विजुली पनि सबै ठाउँमा पुग्न लागेको जानकारी दिनुभयो ।

    गाउँपालिका राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनु भएका गिरिले स्थानीय सरकारलाई प्रदेश सरकारले पर्याप्त सहयोग र समन्वय नगरेको अनुभव सुनाउनु भयो ।

    “प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई बलियो बनाउने भन्दा पनि अनावश्यक हस्तक्षेप गर्ने र झमेला मात्रै दिने गरेका छन्,” उहाँले भन्नुभयो । तीन सरकारका साझा अधिकार कार्यान्वयनमा धेरै समस्या रहेको पनि उहाँले बताउनु भयो ।


    मंगलवार, श्रावण ३० २०८००८:५५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij