Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आइपिएल : सन्दीप आबद्द दिल्लीको तेस्रो जित

आइपिएल : सन्दीप आबद्द दिल्लीको तेस्रो जित

  • आइतवार, आश्विन १८ २०७७

  • 1.3K
    SHARES

  • आइपिएल : सन्दीप आबद्द दिल्लीको तेस्रो जित

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ ।

    सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।
    सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो ।

    कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इयान मोर्गनले ४४ रन जोड्दा राहुल त्रिपाठीले ३६ रन बनाए ।

    शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए । कप्तान दिनेश कार्तिक ६ रनमा आउट भए ।दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १र१ विकेट लिए ।

    दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा दिल्लीको टिममा नपरेका हुन् ।
    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।
    दिल्लीका लागि कप्तान श्रेयस आयर र पृथ्वी शले अर्धशतकीय इनिङ्स खेले ।

    श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए । पृथ्वी ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए ।

    कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए । यस्तै भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।जितसँगै दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।कोलकत्ताले ४ खेलमा ४ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको कोलकत्ताको यो दोस्रो हार हो ।



    आइतवार, आश्विन १८ २०७७०६:३१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij