Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता अर्जुननरसिंह केसीसहित ४ जनामा कोरोना पुष्टि

काँग्रेस नेता अर्जुननरसिंह केसीसहित ४ जनामा कोरोना पुष्टि

  • शनिवार, आश्विन १७ २०७७

  • 1.2K
    SHARES

  • काँग्रेस नेता अर्जुननरसिंह केसीसहित ४ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनालाई कोरोनाको संक्रमण देखिएको छ । काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।

    १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो।

    बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वबा लिइएको थियो । साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।

    टेकुस्थिति इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको नेतृत्वमा गएको माइक्रो बायोलोजिस्टद्वय नविन पोखरेल र प्रसान्त राउतको टोलीले नेताहरुको स्वाब संकलन गरेको थियो ।

    स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन। सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन ।


    शनिवार, आश्विन १७ २०७७०८:२२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij