Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा पानीपुरी, चटपटे र खुल्ला दूध बेचबिखनमा रोक लगाउने तयारी

काठमाडौंमा पानीपुरी, चटपटे र खुल्ला दूध बेचबिखनमा रोक लगाउने तयारी

  • आइतवार, श्रावण २८ २०८०

  • 1.1K
    SHARES

  • काठमाडौंमा पानीपुरी, चटपटे र खुल्ला दूध बेचबिखनमा रोक लगाउने तयारी
    काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाभरि पानीपुरी, चटपटेलगायत खुला रूपमा बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो ।
     
    पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उहाँले बताउनुभयो । ‘पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरू झुम्मिने गर्नुभएको छ । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुन सक्छ,’ बैठकमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो,  ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’
     
    खुल्ला रूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने उपप्रमुख सुनिता डंगोलले बताउनुभयो । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन उहाँले निर्देशन दिनुभयो ।
     
    बैठकमा यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड रहेको स्मरण गर्दै यस विपरीतका जार जफत र नष्ट गरिएको बताउनुभयो । डा. झाका अनुसार काठमाडौँमा १५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन ।


    आइतवार, श्रावण २८ २०८००५:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij