Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राजस्थानले बैंगलोरलाई दियो १५५ रनको लक्ष्य

राजस्थानले बैंगलोरलाई दियो १५५ रनको लक्ष्य

  • शनिवार, आश्विन १७ २०७७

  • 927
    SHARES

  • राजस्थानले बैंगलोरलाई दियो १५५ रनको लक्ष्य

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को आजकोे पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १५५ रनको लक्ष्य दिएको छ ।

    युएईको अबुधावीमा भएको खेलमा टस जितेर ब्याटिङ गरेकोे राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको हो ।

    राजस्थानका लागि जोस बटलरले २२, रोविन उथप्पाले १७, महिपाल लोम्रोरले ४७, रियान परागले १६, राहुल टेवटियाले २४ र जोफ्रा आर्चरले १६ रन जोडेका थिए ।

    बलिङतर्फ विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरका युवेन्द्र चाहलले तीन, इसुरु उडानाले २ र नवदीप सैनीले एक विकेट लिएका छन् ।
    यसैबीच, बैंगलोर अहिले ब्याटिङ गरिहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।


    शनिवार, आश्विन १७ २०७७०६:१२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij