Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन अर्थमन्त्रीको चुनौती

सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन अर्थमन्त्रीको चुनौती

  • आइतवार, श्रावण २८ २०८०

  • 438
    SHARES

  • सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन अर्थमन्त्रीको चुनौती

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिनुभएको छ। यदि कसैले प्रमाणित गरे पदमा नबस्ने उहाँले बताउनुभयो।

    कांग्रेस संसदीय दलको आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाउनुभयो। यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उहाँले बताउनुभयो ।

    तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा. महतले भन्नुभयो, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’

    डा. सुनिल शर्माको नाम नलिई उहाँले भन्नुभयो, ‘त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आउनु भएको थियो ।


    आइतवार, श्रावण २८ २०८००३:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij