Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले आपत्तीजनक भाषा बोले...

प्रधानमन्त्रीले आपत्तीजनक भाषा बोले...

  • आइतवार, श्रावण २८ २०८०

  • 940
    SHARES

  • प्रधानमन्त्रीले आपत्तीजनक भाषा बोले...

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आपत्तिजनक र बोल्नै नमिल्ने अभिव्यक्ति दिन थालेको भन्दै नेतृत्वको धारणा को हो भनेर प्रश्न उठाउनुभएको छ ।

    संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा कोइरालाले आदिवासी दिवसमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनकमात्र नभएर खेदजनक समेत रहेकाले कांग्रेसले संस्थागतरूपमै खेद व्यक्त गर्नुपर्ने बताउनुभयो ।

    कोइरालाले भन्नुभयो, ‘प्रचण्डजीले माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भन्नुभयो । त्यो उहाँको पार्टीको कुरा हुन सक्ला, तर उहाँले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नुहुँदैन । देशको प्रधानमन्त्रीको हैसियतले त्यसरी बोल्न मिल्दैन । यो विषय आपत्तिजनक छ, कांग्रेसले खेद प्रकट गर्नुपर्छ ।’

    डा. कोइरालाले सरकारका गलत कामको अपजस कांग्रेसले बोक्न नसक्ने भन्दै आफूले बनाएका प्रधानमन्त्रीलाई पनि स्पष्टीकरण सोध्न सक्नुपर्ने बताउनुभयो ।

    उहाँले सुन तस्करीमा प्रधानमन्त्रीकै संलग्नताको संकेत गर्दै दाहालकै मातहतका कर्मचारीले गर्ने छानबिनले सत्यतथ्य ल्याउन नसक्ने दाबीसमेत गर्नुभयो।


    आइतवार, श्रावण २८ २०८००३:०१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij