Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले ‘पोलिसी ह्याकाथन’ प्रतियोगिता गर्दै, विजेताले पाउनेछन् यस्तो पुरस्कार...

कांग्रेसले ‘पोलिसी ह्याकाथन’ प्रतियोगिता गर्दै, विजेताले पाउनेछन् यस्तो पुरस्कार...

  • शनिवार, श्रावण २७ २०८०

  • 372
    SHARES

  • कांग्रेसले ‘पोलिसी ह्याकाथन’ प्रतियोगिता गर्दै, विजेताले पाउनेछन् यस्तो पुरस्कार...

    काठमाडौं। नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्ने भएको छ।आज कांग्रेस केन्द्रीय कार्यालयले पत्रकार सम्मेलन गरी सो कार्यक्रमको आयोजना गर्न थालिएको जानकारी दिएको हो।

    सो प्रतियोगितामा भाग लिनेहरुले गिग इकोनोमी र क्लाइमेट एक्सन (जलवायु कार्य) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुपर्नेछ। त्यसका सहभागीहरुले विभिन्न मुद्दाहरुलार्य सम्बोधन गर्ने र नेपालमा गिग अर्थतन्त्रको लागि अगाडि बढ्ने तरिकाहरु सहितको नीतिगत अवधारण पेश गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    कार्यालयले प्रतियोगितामा दुई चरण हुने जनाएको छ। त्यसका लागि भदौ ३ गते १ बजे आवेदन दिने मिति सकिनेछ। त्यस्तै भदौ ५ गते फाइनलका १० टोली छनोट गरि भदौ ९ गते कांग्रेस केन्द्रीय कार्यालयमा फाइनल कार्यक्रम हुने छ।

    प्रथम विजेताले रु ३ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र तेश्रो विजेताले ५० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।


    शनिवार, श्रावण २७ २०८००७:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij