Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादीबाट यी मन्त्री बाहिरिँदैै, जनमत सरकारमा

माओवादीबाट यी मन्त्री बाहिरिँदैै, जनमत सरकारमा

  • शनिवार, श्रावण २७ २०८०

  • 2.4K
    SHARES

  • माओवादीबाट यी मन्त्री बाहिरिँदैै, जनमत सरकारमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गर्नुभएको छ । सत्ता साझेदार जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने तयारी गर्नुभएको हो ।

    माओवादीले सरकारमा रहेका पाँच मन्त्रीमध्ये संस्कृति पर्यटन तथा नागरिक उ्ड्यनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई सरकारबाट फिर्ता बोलाउने र जनमतको सत्तारोहण गराउने तयारीमा लागेको निकट एक नेताले जानकारी दिएका छन् ।

    माओवादीबाट अहिले सरकारमा प्रधानमन्त्री प्रचण्डसहित नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि,अमनलाल मोदी,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री र सुशीला श्रीपाली राज्यमन्त्री रहेका छन् ।

    यसअघि जनमत पार्टीका तर्फबाट अब्दुल खान खानेपानी मन्त्रालयसहित सरकारमा सहभागी बेला आफुले रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो ।


    शनिवार, श्रावण २७ २०८००४:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij