Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काजीको सत्ता उन्मादले सुनिल शर्मा पक्राऊ, एकैदिनमा रिहा : राजेन्द्र लिङ्देन

काजीको सत्ता उन्मादले सुनिल शर्मा पक्राऊ, एकैदिनमा रिहा : राजेन्द्र लिङ्देन

  • शनिवार, श्रावण २७ २०८०

  • 902
    SHARES

  • काजीको सत्ता उन्मादले सुनिल शर्मा पक्राऊ, एकैदिनमा रिहा : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ ।

    शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राप्रपाले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभएको हो ।

    उहाँले कांग्रेस सांसद डा. सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको पनि बताउनुभयो। उहाँले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरुमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाउनुभयो। अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताउनुभयो ।

    अध्यक्ष लिङदेनले नेपाली युवाहरु राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताउनुभयो ।


    शनिवार, श्रावण २७ २०८००३:०७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij