Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

  • शनिवार, आश्विन १७ २०७७

  • 969
    SHARES

  • प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    उनीहरु दुवैले आज सामाजिक सञ्जालमार्फत आफूलाई कोभिड –१९ पोजिटिभ भएको जानकारी गराएका छन् ।

    ‘हिजोको पिसिआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो’, प्रमुख सल्लाहकार रिजालले लेख्नुभएको छ, ‘यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभावले आफÞ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आगÞ्रह गर्दछु ।’

    त्यस्तै, प्रेस सल्लाहकार थापाले लेख्नुभएको छ, ‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

    यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंह शाहलाई पनि कोरोना पुष्टि भएको थियो।


    शनिवार, आश्विन १७ २०७७०४:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij