Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ : प्रधानमन्त्री प्रचण्ड

नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, श्रावण २६ २०८०

  • 618
    SHARES

  • नर्सिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले दृढ संकल्प गरेको छ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको नर्सिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न संकल्पसहित सरकार अगाडि बढेको बताउनुभएको छ । 
     
    शुक्रबार(आज) स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नर्सिङ क्षेत्रमा देखिएको  समस्या आफूले अग्निपरीक्षाको रूपमा लिएको भन्दै उहाँले नीतिगत सुधार गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । 
     
    ‘नर्सिङ क्षेत्रमा जुन समस्या देखिएको छ, त्यसलाई अग्निपरीक्षाका रूपमा लिएको छु । नीतिगत सुधार गरी नर्सिङ सेवामा देखिएका समस्या समाधान गर्ने संकल्प गरेको छु’, उहाँले भन्नुभयो । 
     
    त्यस्तै प्रधानमन्त्री प्रचण्डले सीमावर्ती क्षेत्रका नर्सहरू अर्को देशमा गएर पढ्ने, तालिम लिने र उतै पलायन हुने समस्याले स्वास्थ्य मन्त्रालय, सरकारमाथि ठुलो प्रश्न उठेको बताउनुभयो ।  
     
    उहाँले संविधानमा व्यवस्था गरेको बमोजिम शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुतामा नागरिकलाई सुविधा दिन नसकेको स्वीकार गर्नुभयो । अब सामाजिक न्याय, सुशासन, समृद्धिसहित सरकार नयाँ यात्रामा लागेको उहाँले जिकिर गर्नुभयो ।


    शुक्रवार, श्रावण २६ २०८००३:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij