Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

  • शुक्रवार, श्रावण २६ २०८०

  • 332
    SHARES

  • कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

    बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने लेखकले जानकारी दिनुभयो।

    बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने पनि प्रमुख सचेतक लेखकले बताउनुभयो ।

    आज बस्ने बैठकका एजेन्डा बिहीबार दिउँसो बसेको संसदीय दलको कार्यसमिति बैठकले तय गरेको हो।


    शुक्रवार, श्रावण २६ २०८००७:३१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij