Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

प्रदेश –५ राजधानी विवाद : ‘सरकारले दुई तिहाइको दम्भ देखाएर छापामारशैलीमा प्रस्ताव ल्यायो’

प्रदेश –५ राजधानी विवाद : ‘सरकारले दुई तिहाइको दम्भ देखाएर छापामारशैलीमा प्रस्ताव ल्यायो’

  • शनिवार, आश्विन १७ २०७७

  • 980
    SHARES

  • प्रदेश –५ राजधानी विवाद : ‘सरकारले दुई तिहाइको दम्भ देखाएर छापामारशैलीमा प्रस्ताव ल्यायो’

    काठमाडौं । प्रदेश –५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावप्रति प्रदेशका अन्य दलले विरोध गरेका छन् ।

    दलहरुसँगको छलफल र सहमतिबिना प्रस्ताव आएको भन्दै नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाले असहमति जनाएका हुन् ।

    कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले नेकपा नेतृत्वको सरकारले दुई तिहाइको दम्भ देखाएर छापामार शैलीमा प्रस्ताव ल्याएकाले त्यसको विरोधमा उत्रिएको बताउनुभयो । बिनाऔचित्य पूर्वाधारहरु नै नभएका स्थानमा राजधानी प्रस्ताव गरेर सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको कांग्रेसको ठहर छ ।

    उता, समाजवादी पार्टीका संसदीय दलका नेता सहशराम यादवले राजधानी सार्ने जस्तो विषय पनि राजनीतिक स्वार्थ पूर्तिका लागि एक दलले एकलौटी तरिकाबाट प्रस्ताव ल्याएकाले असहमति जनाएको बताउनुभयो । लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाउँदै एकपटक पनि दलीय छलफल र सहमति नगरी राजधानी प्रस्ताव ल्याएकाले यस्तो प्रक्रियाको विरोध गर्ने उहाँको भनाइ छ ।

     


    शनिवार, आश्विन १७ २०७७०१:१०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij