Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

  • बुधवार, श्रावण २४ २०८०

  • 620
    SHARES

  • राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

    काठमाडौं  । आज बुधबार राष्ट्रिय भूसंरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तरक्रिया गर्नुका साथै वृक्षारोपण गरेर दिवस मनाइँदै छ ।

    बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

    विभागको स्थापनासँगै जिल्लास्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह शुरू गरिएको थियो । विक्रम संवत् २०३१ सालदेखि ‘भूसंरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भूसंरक्षण दिवस’का रूपमा मनाउने गरिएको छ ।

    विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयो लगायत बोटबिरुवा रोपेर दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ ।

    संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ ।
     


    बुधवार, श्रावण २४ २०८००७:५०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij