Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, यस्तो छ कारण

४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, यस्तो छ कारण

  • शनिवार, आश्विन १७ २०७७

  • 1.1K
    SHARES

  • ४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, यस्तो छ कारण

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

    आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बैठक आइतबार ४ बजे बस्ने भएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सारेको जानकारी नेताहरुलाई गराएका थिए । बिहीबार सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद भएको छ ।

    स्थायी कमिटिको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले सरेको महत्वपूर्ण राजनीतिक नियुक्ति गरेको थियो । यसले पार्टीमा नयाँ विवाद जन्मायो । त्यसपछि सचिवालय बैठक माग भएको थियो ।

    अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन् । त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना छ ।

    असोज ४ मा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नेलगायत विविध एजेन्डा तय गरेको थियो ।

     


    शनिवार, आश्विन १७ २०७७१२:१५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij