Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चिकित्सकहरू माथिको कुटपिटविरुद्ध काठमाडौंमा प्रदर्शन

चिकित्सकहरू माथिको कुटपिटविरुद्ध काठमाडौंमा प्रदर्शन

  • आइतवार, आषाढ २१ २०७७

  • 854
    SHARES

  • चिकित्सकहरू माथिको कुटपिटविरुद्ध काठमाडौंमा प्रदर्शन

    काठमाडौं । चिकित्सकमाथिको कुटपिटको विरोधमा काठमाडौंको माइतीघरमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकको एउटा टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

    असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको उनीहरुले बताएका छन् ।

    आइतबारको प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू सहभागी थिए ।


    आइतवार, आषाढ २१ २०७७०४:०४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij