काठमाडौं – राजधानी को कीर्तिपुर मा रुकुम नरसंहार पछाडी निरन्तर आन्दोलन गर्दै आएका विद्यार्थी हरु ले आज जातिय विभेदका विरुद्ध साङ्केतिक विरोध स्वरुप “विभेद का विरुद्ध चित्रकला“ भन्ने शिर्षकमा चित्र कोरेर विरोध गरेका छन् । वरिष्ठ चित्रकार विके नर बहादुर ले नेपाली समाजको यथार्थ परक चित्र कोरेर सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
तस्वीर आफैमा एक यस्तो चिज हो जसले धेरै कुराको बखान गरेको हुन्छ। जो कोहीले पनि सजिलै बुझ्न सक्ने भएको कारण ले चित्रकला मार्फत समाज लाई रुपान्तरण गर्न सकिन्छ भन्ने हेतु ले यो कार्यक्रम आयोजना गरिएको विद्यार्थी नेता रामलाल राजवंशी विके ले बताए ।
समाज मा हरेक खाले मान्छेहरु छन् , सबैका एउटै सोच पक्कै पनि नहुन सक्छ तर तस्वीर ले दिने सन्देश एउटै हुन सक्छ । यो खाले श्रृजनात्मक कार्यक्रम को लागि आयोजक लाई विशेष धन्यवाद दिन चाहान्छु अधिकारकर्मी सुशील विके ले भने ।
साहित्य, कला समाजको ऐना भएको र यसका माध्यम बाट पनि समाजको विभेद विरुद्ध आवाज उठाई समाज रुपान्तरण गर्न सकिने भएकाले सडक आन्दोलन संगसगैँ साहित्य, कलाको माध्यम बाट आन्दोलन गर्नुपर्ने भएकाले आजको यो कार्यक्रमले पक्कै पनि सकारात्मक सन्देश दिने अपेक्षा गरेका छौं कार्यक्रम का संयोजक रवि सेन्चुरी ले भने ।
मानिस मानिस बीचमा रहेको यो जातिय विभेद जस्तो कलंक लाई फाल्न धेरै विधि हरु अपनाउन पर्ने आयोजक को भनाई छ । स्पिक आउट अगेन्ष्ट कास्ट सिस्टम नाम दिएको मुभमेन्टको नेतृत्व रवि सेन्चुरी र रामलाल राजवंशी विके ले गर्दै आएका छन् ।
लामो समय देखि चित्रकलामा आवद्व विके ले समाज परिवर्तन को लागि यसले एउटा ईट्टा थप्ने बताए । तस्वीर ले खल्बलिएको दिमाग लाई ठिक ठाँउमा ल्याउने छ र जातिय विभेदका विरुद्ध सबै बोल्ने छन् ।
चित्रकार विके नर बहादुर को आफ्नो राय छ । पछिल्लो समय दलित समुदाय माथि श्रृंखलाबद्व रुपमा भएका जातिय विभेद , बलात्कार तथा हत्याको विरुद्ध कीर्तिपुर मा अवस्थित विभिन्न संग संगठन मा आवद्व विद्यार्थी हरु निरन्तर आन्दोलन मा रहेको आयोजक ले जनाएको छ ।