Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पोखरामा सम्पुर्ण विद्यालय तीन दिन बन्द

पोखरामा सम्पुर्ण विद्यालय तीन दिन बन्द

  • मंगलवार, श्रावण २३ २०८०

  • 1.4K
    SHARES

  • पोखरामा सम्पुर्ण विद्यालय तीन दिन बन्द

    काठमाडौं। आँखा पाक्ने रोग फैलिएपछि पोखरामा विद्यालयहरु बन्द गरिएको छ । पोखरा महानगरपालिकाले एक सुचना प्रकाशित गर्दै महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेस्वरी स्कुलहरू तीन दिन बन्द हुने जानकारी दिएको छ ।

    आँखा पाक्ने रोगको संक्रमण फैलने क्रम बढेसँगै महानगरपालिका प्रमुख धनराज आर्चायको संयोजकत्वमा सरोकारवालाहरूको बैठक बसेर भोली(बुधबार)देखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

    महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीद्वारा आज जारी सुचनामा हाल आँखा पाक्ने रोगले धेरैलाई आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विभिन्न विद्यालयहरूमा समेत परिरहेको साथै आँखा पाक्ने रोग आफैँमा संक्रमित रोग भएकाले संक्रमणको चक्रलाई रोक्न बर्खे/हिउँदे/स्थानीय बिदाबाट कट्टा हुने गरी तीन दिन बिदा दिने निर्णय भएको उल्लेख छ।


    मंगलवार, श्रावण २३ २०८००२:५४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij