Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

यसरी बनेको थियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई मार्ने योजना ...

यसरी बनेको थियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई मार्ने योजना ...

  • मंगलवार, श्रावण २३ २०८०

  • 673
    SHARES

  • यसरी बनेको थियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई मार्ने योजना ...

    काठमाडौं। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।

    बिबिसीका अनुसार ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ क्षेत्रको भ्रमणको भ्रमण तालिका पत्ता लगाउने प्रयास गरेकी थिइन्।

    ती महिलाले सैन्य सूचना रूसी गुप्तचरलाई दिइरहेका बेला नै पक्राउ गरिएको हो। लामो समयसम्म ती महिलामाथि अनुसन्धान गरेपछि सुरक्षाकर्मीलाई उनलाई पक्राउ गरेका हुन्।

    ती महिलामाथि सैनिक र हतियारको आवातजावतबारे अनधिकृत सूचना पठाएको आरोपमा मुद्दा चल्ने छ। दोषी ठहर भएमा उनलाई १२ वर्ष कैद सजाय हुन सक्छ।


    मंगलवार, श्रावण २३ २०८००२:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij