Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

डा. केसीको अनशनबारे आमा नै बेखबर, १९ औँ दिनमा थाहा पाएपछि यस्तो कामना !

डा. केसीको अनशनबारे आमा नै बेखबर, १९ औँ दिनमा थाहा पाएपछि यस्तो कामना !

'विचरा ! कति भोक तिर्खा लाग्दो हो'
  • गोमा परियार
  • शनिवार, आश्विन १७ २०७७

  • 2.7K
    SHARES

  • डा. केसीको अनशनबारे आमा नै बेखबर, १९ औँ  दिनमा थाहा पाएपछि यस्तो कामना !

    काठमाडौं । “गोविन्द त फेरि अनशन बसि पो सकेछ तिमीहरूले किन भनेनौ मलाई ?” अनशनत डा. गोविन्द केसीकी ८५ वर्षिया आमा मित्र कुमारी केसीको भनाईलाई उदृत गर्दै केसी अभियानको अभियानकर्मी संजीव कार्कीले भन्नुभयो ।

    डा. केसीकी आमालाई छोरो अनशन बसेको १९औं दिनपछि शुक्रवार रातीमात्रै थाहा भएको उहाँले बताउनुभयो ।  क्यान्सर पीडित आमाको स्वास्थ्य र उमेरका कारण परिवारले जानकारी गराउन नचाहेको भएपनि कान्छो छोरो सुरेश केसीसंगै बस्दै आउनु भएकी उहाँले टिभी हेरेर अनशनबारे थाहा पाउनुभयो र भन्नुभयो, ‘विचरा कति भोक तिर्खा लाग्दो हो, मेरो छोरालाई ईश्वरले रक्षा गरून्’ ।

    छोरो विगत ६ महिनादेखि जुम्लामै विरामीको उपचारमा लागिपरेको छ भन्ने लागेको आमालाई अनसनको बारेमा थाहा भएपछि पिर र चिन्ताले सताएको छ ।  डा. केसी घरबाट निस्कदा पनि गए ल भनेर खासै पुरा जानकारी नदिएर निस्कने र त्यसरीनै फर्किने भएरपनि आमालाई छोरो जुम्लामै छ भन्ने ढुक्क थियो ।


    केसी काठमाडौं रहँदा घरमा पनि आमासँग भन्दा बढि बाहिरै बस्ने भएकाले पनि सोधीखोजी नगर्नु भएको हो । तर शुक्रवार अचानक टिभि हेरेर थाहा पाउदा आमाको मन थिरमा छैन ।

    केसीलाई यतिबेला फोनमा बोल्न गाह्रो हुन्छ भन्ने जानकारी भएकी आमाले फोनमा बोल्नभने खोज्नु भएको छैन, तर एउटै पिरलो छ ‘भोक, तिर्खा लाग्यो होला, कति कष्ट भयो होला, कतै नराम्रो केही पो भैहाल्छ की ?  आमा बाहेक उहाँका परिवार सबै दिनहुँजसो डा. केसीलाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिरहन्छन् ।

    चिकित्सा शिक्षामा सुधारको माग राख्दै आउनु भएका डा. केसीले जुम्लाबाट १९ औं अनशन शुरु गर्नु भएको हो । गत भदौं २९ गते सोमबार दिउँसो २ बजेदेखि चन्दननाथ नगरपालिका ६ को रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९ औँ अनशन शुरु गरेपनि उहाँलाई अहिले काठमाडौ शिक्षण अस्पतालमा राखिएको छ ।

    जुम्लामा अनशन शुरु गरेको छैठौँ दिनको मध्यरातमा प्रहरीले जवरजस्ती केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । त्यहाँ उपचार गर्न केसीले अस्विकार गरेपछि जुम्लामै विगतमा भएको जस्तो धरपकड, अस्पताल भित्र लाठिचार्ज र गोली प्रहारका घटना नहोस भनेर केसीलाई असोज ६ गते काठमाडौं ल्याइएको हो ।

    तर काठमाडौं आउने बित्तिकै सरकारले अपराधी समाए झैं केसीको कठालो समातेर घोक्र्याउदै ट्रमा सेन्टर लग्यो तर केसी त्यहाँ बस्न मान्नु भएन र उहाँ आफूले २६ वर्ष सेवा गरेको त्रिवि शिक्षण अस्पताल नै पुग्नुभयो । अहिले त्यहाँको कोठा नं. ५०१ मा अनशनरत हुनुहुन्छ । दुई पटक प्रहरी धरपकडको कारण केसी शिथिल हुनुहुन्छ ।

    केसीले पहिलो अनशनदेखि नै उठाएका केही माग अहिले पनि छन् । उहाँले अनशन बस्न थालेको आठ वर्ष बित्यो तर धेरै सम्झौता कार्यान्वन भएका छैनन । उहाँको अनशनको आज २० औं दिन हो ।

    यो पटक पनि केही माग पुरानै छन् भने कोरोना र अछामको बयलपाटा अस्पताललाई नियमित र निःशुल्क सेवा सुनिश्चत गर्नुपर्ने माग थप्नु भएको छ । उहाँको अनसन र मागप्रति निश्पक्ष, तटस्थ मानिएका अधिकांशले समर्थन जनाएका छन् भने सत्तारुढ दलका समर्थकहरुले विरोध जनाउदै आएका छन् ।

     


    शनिवार, आश्विन १७ २०७७०७:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij