Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

  • सोमवार, श्रावण २२ २०८०

  • 852
    SHARES

  • पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो
    काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ। प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन्। 
     
    सिन्धप्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौ वटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिए। नले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह सहर कराँची पुर्‍याइएको बताए।
     
    कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो।
     
    रेलमन्त्री ख्वाजा साद रफिकले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र रेलमा ‘आक्रमण’ पछि दुर्घटना भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिने बताएका छन्।


    सोमवार, श्रावण २२ २०८००३:४२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij