Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रदेश ५ को राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट रोक्का

प्रदेश ५ को राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट रोक्का

  • शनिवार, आश्विन १७ २०७७

  • 1.4K
    SHARES

  • प्रदेश ५ को राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट रोक्का

    काठमाडौं । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित क्षेत्रमा जग्गा कारोबार अनिश्चितकालका लागि रोक्का गरेको छ ।

    प्रदेश मन्त्रिपरिषद बैठकले दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

    प्रदेश ५ को मन्त्रिपरिषद बैठकले अर्घाखाँचीको शीतगंगाको वडालाई समेत समेटेर दाङको भालुबाङमा स्थायी राजधानी बनाउने र नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेको छ ।

    प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीले अर्को आदेश नभएसम्मका लागि ती क्षेत्रमा जग्गाको किनबेच र कित्ताकाट रोक्का गरिएको जानकारी दिए । मन्त्रिपरिषद बैठकले दाङ र अर्घाखाँचीका मालपोत कार्यालयलाई जग्गाको किनबेच र कित्ताकाट रोक्न पत्राचार गरिसकेको छ ।

    राजधानी प्रस्तावित क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार बढ्ने भएकाले सो निर्णय गरिएको हो । यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानी रहने चर्चा चल्दा जग्गाको अस्वाभाविक कारोबार भएको थियो ।

    तर सरकारले रुपन्देहीको बुटवलमा अस्थायी राजधानी तोकिदिएपछि कारोबारीहरुको लगानी डुबेको थियो ।


    शनिवार, आश्विन १७ २०७७०७:३५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij