Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक आज दिउसो ४ बजे बस्दै, यस्ता छन् बैठकका एजेण्डा

नेकपा सचिवालय बैठक आज दिउसो ४ बजे बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • शनिवार, आश्विन १७ २०७७

  • 969
    SHARES

  • नेकपा सचिवालय बैठक आज दिउसो ४ बजे बस्दै, यस्ता छन् बैठकका एजेण्डा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) बस्ने भएको छ ।

    अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) का अनुसार सचिवालय बैठक दिउसो ४ बजेका लागि बोलाइएको छ।

    बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन ।

    उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने, नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन । सर्वोच्चले संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि शुक्रबारका लागि पेसी तोकेको थियो।

    फैसलाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि प्रभावित पार्नेछ। गौतम र श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन् प्रचण्ड । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन् ।

    ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनु पर्ने बताएको स्रोतले जनाएको छ।सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव, डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

    नियुक्तिलाई लिएर नेकपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । सबै विषयलाई सचिवालय बैठकमै छलफल गर्ने अध्यक्षद्वयबीच सहमति बनेको नेकपा स्रोतले जनाएको छ।

     


    शनिवार, आश्विन १७ २०७७०७:०२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij