Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

इन्डियन प्रिमियर लिग : हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

इन्डियन प्रिमियर लिग : हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

  • शनिवार, आश्विन १७ २०७७

  • 846
    SHARES

  • इन्डियन प्रिमियर लिग : हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

    एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । दुबईमा शुक्रबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।

     

    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार रोक्न सकेनन् ।

    कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रन बनाए । साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । १९ वर्षीय प्रियमको यो आईपीएलमा पहिलो अर्धशतक हो ।

    यस्तै अविशेक शर्माले ३१ रन जोड्दा मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए । शार्दुल ठाकुर र पियुस चावालाले १/१ विकेट लिए ।

    जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ । चेन्नईको यो तेस्रो हार हो । चेन्नईले ४ खेलमा २ अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।


    शनिवार, आश्विन १७ २०७७०६:१८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij