Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गौरीकुण्ड पहिरोमा परी बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह

गौरीकुण्ड पहिरोमा परी बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह

  • आइतवार, श्रावण २१ २०८०

  • 695
    SHARES

  • गौरीकुण्ड पहिरोमा परी बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह

    काठमाडौं। भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति सभामुख देवराज घिमिरेले दुःख व्यक्त गर्नुभएको छ।

    आज विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गर्नुभएको छ।
    ‘मृतकहरूप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

    बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु’, सभामुख घिमिरेले भन्नुभएको छ।


    आइतवार, श्रावण २१ २०८००१:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij