Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विभिन्न मुलुकका लागि प्रस्तावित ६ राजदूतको अनुमोदन

विभिन्न मुलुकका लागि प्रस्तावित ६ राजदूतको अनुमोदन

  • बिहिवार, श्रावण १८ २०८०

  • 439
    SHARES

  • विभिन्न मुलुकका लागि प्रस्तावित ६ राजदूतको अनुमोदन
    काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतको अनुमोदन गरेको छ । सरकारले विभिन्न मुलुक तथा कूटनीतिक नियोगका लागि सिफारिस गरेका ६ जना राजदूतको संसदीय सुनुवाइ  गरेर समितिले नाम अनुमोदन गरेको हो ।
     
    अनुमोदन हुनेहरूमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी हुनुहुन्छ।
     
    यस्तै  संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम पनि अनुमोदन भएको छ ।
     
    सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


    बिहिवार, श्रावण १८ २०८००४:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij